अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे र सचिवमा भण्डारी विजयी

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे र सचिवमा भण्डारी विजयी


काठमाडौं- नेकपा एमाले उद्योग व्यावसाय जिल्ला कमिटीको अध्यक्षमा गोबिन्द प्रसाद घिमिरे र सचिवमा राजेन्द्र भण्डारी निर्वाचित हुनु भएको छ ।
तीनदिन अघि देखि सुरु भएको अधिवेशनमा हिजो निर्वाचन भएको थियो । निर्वाचन समितीका अनुसार अध्यक्ष पदमा गोबिन्द प्रसाद घिमिरे र यामप्रसाद तिवारीले बराबर ८९ मत प्राप्त गरेपछि गोलाप्रथााट घिमिरेलाई निर्वाचित भएको घोषणा गरिएको हो । यसैगरी उपाध्यक्षमा माधव भट्टराईले १०८ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी राजेन्द्र सापकोटाले ६५ मत प्राप्त गर्नुभयो ।
यसैगरी सचिवमा प्रतिष्पर्धी रोहन गुरुङलाई फराकिलो मतान्तरले परािजत गर्दै राजेन्द्र भण्डारी निर्वाचित हुनु भएको छ । भण्डारीले १२४ मत ल्याउँदा गुरुङले ५० मत मात्र प्राप्त गर्नुभएको थियो ।
उपसचिवमा मलिसा लिम्बू निर्विरोध निर्वाचित हुनुभयो भने हर्का उपसचिवमा दुईजना प्रतिष्पर्धीलाई पराजित गर्दै जीवन थापा मगर निर्वाचित हुनु भएको छ ।