काठमाडौं -गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिंवा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीयबासिन्दा प्रभावित भएका छन् ।
‘मानवीय क्षति अहिलेसम्म भएको छैन । तर, हाम्रो गाउँको काठेपुल बगाएको छ’, फक्तालुङ गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद लिम्बुले भन्नुभयो, ‘काठको पुल भए पनि गाडी, मोटरसाइलल सबै त्यहीबाट हिँड्थे ।’
वडाध्यक्ष लिम्बुले सिंवा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको जानकारी दिनुभयो । ‘माथि त खासै जोखिम छैन । तल तमोर थुनिएर अलि त्रास बढेको छ । ड्याम बनेको छ’, लिम्बुले भन्नुभयो, ‘पानी अहिले अलि कम भएको छ । विस्तारै सुक्दै जाला कि ।’
वडाध्यक्ष लिम्बुले बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको जानकारी दिनुभयो । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । ‘अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्छ,’ उहाँले भन्नुभयो।




प्रतिक्रिया