अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताका आधारभूत समस्या समाधान नगरे समृद्धि आउँदैन: पूर्वराष्ट्रपति भण्डारी

जनताका आधारभूत समस्या समाधान नगरे समृद्धि आउँदैन: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरू समाधान गर्नतर्फ लाग्नुपर्ने बताउनु भएको छ।

बिहीबार काठमाडौँमा आयोजित ‘२१औँ शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्कृति र सम्पदाको संरक्षण गर्दै सरकारले आत्मनिर्भरको खोजी गर्नुपर्ने बताउनु भयो।

‘यदि हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौँ भने आम नागरिकका न्यूनतम आवश्यकता पुरा गर्न जरुरी छ। सबैलाई खुसी पार्न त सकिँदैन। तर, आम रूपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ। आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन।  हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरू छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरूलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ ।’

मुलुकमा उपलब्ध स्रोत र साधनको उपयोग गर्न सके परनिर्भर हुनु नपर्ने उनको तर्क थियो । त्यस्तै, पूर्व राष्ट्रपति भण्डारीले मिडियाहरू जनता र सरकारबिचको पुल बन्नुपर्ने बताउनु भयो।

सबैले आफूलाई विना बर्दीको राष्ट्रको पहरेदार सम्झिनुपर्ने उनको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मिडिया र प्रेस जनता र सरकारको पुल बन्नुपर्छ, पहरेदार हुनुपर्दछ। हामी विना बर्दीका राष्ट्रका पहरेदार हौँ भन्ने कुरा सम्झिनुपर्‍यो। मिडिया भइसकेपछि त सरकारको कानमा बाजा बजाउनु पर्‍यो नि होइन ?’