अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला न्यायाधीशमा अधिकांश फेल

जिल्ला न्यायाधीशमा अधिकांश फेल


काठमाडौँ-जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले लिएको परीक्षामा न्यून मात्रामा उत्तीर्ण भएको पाइएको छ। न्याय सेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा ८ जना मात्र उत्तीर्ण भएका छन् । 

२०८१ जेठ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २०३ जनाले परीक्षा दिएका थिए । तीमध्ये खुल्लामा ७ र आन्तरिक खुल्लामा ४ जनाले मात्र नाम निकालेका छन् । आयोगको बिहीबार बसेको बैठकले उनीहरूको नाम सार्वजनिक गर्दै असार ६ र ७ गते बोलाएको छ । 

न्याय सेवा आयोगले लिएको परीक्षामा नाम निकाल्न सफल हुनेमा अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईँ, तिलक कार्की, नारायण सापकोटा,नीतिज राई, वसन्तराज जोशी र मणिराम ज्ञवाली लोकसेवा आयोगको परीक्षाबाट लिखित परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् । 

आयोगले आन्तरिक खुल्लामा २१ खुल्लामा १२ , महिला ४, आदिवासी जनजाति २, मधेसी २ ,दलित १ र अपाङ्ग १ गरी ४३ जनाको विज्ञापन गरेको थियो । तर उक्त विज्ञापनमा आवेदन दिएका मध्ये खुल्ला र आन्तरिक खुल्लामा परीक्षा दिएकाहरू पास भए पनि मधेसी, महिला, जनजाति दलित र अपाङ्गमा एक जना पनि लिखित परीक्षामा उत्तीर्ण नभएको पाइएको छ। अब रिक्त पदमा न्याय परिषद्ले नियुक्ति गर्नेछ।