अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे नयाँ अफर

नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे नयाँ अफर


काठमाडौं-आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोलि शनिवार बिहान ५:१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असार ३ गते बिहान ५:१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ।

यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ।

डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे ‘इतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२९घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत गरेको हो।

रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुने। साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ। थप जानकारीको लागि ग्राहकवर्गले ९८०१५४४००० मा संपर्क गर्न सक्नु हुनेछ।

यो विशेष ७२ घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।