अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत: उर्जामन्त्री बस्नेत

नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत: उर्जामन्त्री बस्नेत


बागमती-उर्जा, सिँचाई तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उहाँले राजनीतिक परिवतनपछि उर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताउनुभयो।

मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो। विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उहाँको भनाइ थियो। तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिनुभययो।

समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत हेटाँैडाको रातमाटेदेखि राप्ती नदीसम्म ‘बाइपास सडक’ निर्माण गरिने बताउनुभयो। राजनीतिक परिवर्तन भइसकेको सन्दर्भमा अब सबैको ध्यान मुलुकको विकास र समृद्धितर्फ जानुपर्नेमा जोड दिँदै उहाँले यसका लागि दलीय आस्थाभन्दा माथि उठ्न सबैसँग अनुरोध गर्नुभयो।

समारोहमा मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्वय दिपकबहादुर सिंह र महेश बर्तौलाले हेटौंँडा बजारको विस्तार र मध्यवर्ती क्षेत्रको समस्यालाई गम्भीररुपमा लिन सरकारसँग आग्रह गर्नुभयो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा ४०० केभी क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएसँगै नीजि क्षेत्रसमेतको सहयोगमा जलविद्युत् उत्पादनतर्फ उल्लेखनीय प्रगति भइरहेको बताउनुभयो। यसबाट स्वदेशमा विद्युत् प्रशारण सुनिश्चित गर्न र विद्युत् विदेशमा निर्यात गर्न बाटो खुलेको उहाँको भनाइ थियो। 

समारोहमा उक्त सवस्टेसन निर्माणमा योगदान पु¥याउने निर्माण कम्पनी र प्राविधिकहरुलाई सम्मान गरिएको थियो। मुलुकको तेस्रो ठूलो सबस्टेसनको आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो।