अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र ट्यांकर चालकबीच सहमति, आजै पेट्रोल पम्प खुल्ने

सरकार र ट्यांकर चालकबीच सहमति, आजै पेट्रोल पम्प खुल्ने


काठमाडौं-सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ। सोमबार सिंहदरबारमा भएको वार्तामा अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको इन्धन ढुवानी समस्या समाधान हुने भएको हो।

ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ। नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो। यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ। पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलिय पदार्थको ढुवानी रोकेको थियो। मजदुरहरूले सबै ट्यांकर चालक-सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन्। स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ।