अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ बानेश्वरमा संसदीय छानबिन समितिको बैठक

नयाँ बानेश्वरमा संसदीय छानबिन समितिको बैठक


काठमाडौँ-सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ। 

समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसिरहेको रहेको समितिका एक सदस्यले जानकारी दिनुभयो।

सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने जनाएको थियो। 

सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको छ।