अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जिल्ला अधिवेशन

६६ जिल्लामा एमाले जिल्ला अधिवेशन सम्पन्न, को-को भए पदाधिकारी ? (सूचीसहित)

६६ जिल्लामा एमाले जिल्ला अधिवेशन सम्पन्न, को-को भए पदाधिकारी ? (सूचीसहित)


काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ७७ जिल्लामध्ये ६६ को अधिवेशन सम्पन्न गरिसकेको छ।

अधिवेशनमार्फत एमालेले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई गरी ५ पदाधिकारी छनोट गरेको हो। जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरेको एमालेले बाँकी ११ जिल्लाको अधिवेशन पनि चाँडै गर्ने जनाएको छ।

संगठनको संरचना अझ बलियो बनाउन ग्रासरुट अभियान चलाइरहेको मिसन २०८४ को निर्वाचन केन्द्रित अधिवेशनको रुपमा हेरिएको अहिलेसम्म ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो।

नेकपा एमालेको विधानको धारा ३६ मा जिल्ला कमिटी गठनको व्यवस्था छ। उक्त व्यवस्थाअनुसार जिल्ला कमिटी आधार संख्या ७५ जना रहने गरी जिल्ला कमिटी चयन गर्नुपर्ने व्यवस्था छ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारी रहनेछन्। यद्यपि क्लस्टर छुट्याएर पदाधिकारीमा उपसचिव पदमा उक महिला हुनुपर्ने गरी नयाँ कमिटी निर्माण गर्न पठाएको सर्कुलर अनुसार एमालेका ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।

सम्पन्न जिल्ला अधिवेशनबाट कोशी प्रदेशका १४ मध्ये ११ जिल्लामा नयाँ नेतृत्वसहितको जिल्ला कमिटी चयन गरेको छ। त्यसैगरी मधेस प्रदेशमा आठमध्ये पाँच जिल्लाको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। त्यसैगरी बागमतीका १३ वटै जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व छानेको छ।

गण्डकीका ११ मध्ये १० जिल्लाको अधिवेशन सकिएको छ। यस्तै कर्णालीका १० मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्दा सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लाकोमात्र अधिवेशन सम्पन्न भएको छ।

अधिवेशन गर्न बाँकी जिल्लामा इलाम, मोरङ र तेह्रथुम, सिरहा, सप्तरी र धनुषा, मनाङ, डोल्पा, अछाम, बझाङ र डोटी रहेका छन्।

अधिवेशन हुन बाँकी जिल्ला

कोशी प्रदेश : १. इलाम, २. मोरङ र ३. तेह्रथुम

मधेस प्रदेश: १. सिराहा, २. सप्तरी र ३. धनुषा

गण्डकी प्रदेश: १. मनाङ

कर्णाली प्रदेश: १. डोल्पा

सुदूरपश्चिम प्रदेश: १. अछाम, २. बझाङ र ३. डोटी

Skip This