अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछाने र नेपाल भ्रमणमा रहेका सिचुवान प्रान्तका उपगर्भनरबीच भेटवार्ता

गृहमन्त्री लामिछाने र नेपाल भ्रमणमा रहेका सिचुवान प्रान्तका उपगर्भनरबीच भेटवार्ता


काठमाडौं-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गले भेटवार्ता गर्नुभएको छ।

नेपाल भ्रमणमा आएका हनविङ्ग र लामिछानेबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो।

भेटका अवसरमा हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले बताएको छ।

भेटका अवसरमा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल समेत भएको थियो।

विपद व्यवस्थापन सम्बन्धी सहमतिको कार्यन्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सुदृढ सीमा व्यवस्थापनका विषयमा विशेष कुराकानी भएको मन्त्रालयले जनाएको छ।