अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा छुट

प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा छुट


काठमाडौं-पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ। यो सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरले आफ्ना सेवा सुविधामा विशेष छुट प्रदान गर्ने छ।

बुधबार एक समारोहकाबीच शुक्रा हाउसका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेशका चिफ प्रोभिन्स अफिसर दिपेन्द्र बाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा.लिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, इकोमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ।

यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि.,ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउँदै आइरहेको जनाएको छ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०६ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।