अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बन्दिपुरका विभिन्न ९ वटा होटल तथा रेष्टुरेण्टमा विशेष छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बन्दिपुरका विभिन्न ९ वटा होटल तथा रेष्टुरेण्टमा विशेष छुट


काठमाडौँ-बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

जेठ १५ गते छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रा.लिको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रा.लि.का निर्देशक बिश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार प्रभु बैंक लि.का ग्राहकबर्गहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्ट मा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवा हरुमा ५ प्रतिशत देखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।