अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र यादव नियुक्त

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र यादव नियुक्त


काठमाडौँ-सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिनुभयो ।

प्रतिलिपि अधिकार सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको पनि मन्त्री गिरीले बताउनुभयो।