अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज केही भूभागमा हल्का वर्षा र कतै तातो हावा चल्ने

आज केही भूभागमा हल्का वर्षा र कतै तातो हावा चल्ने


काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना छ भने केही क्षेत्रमा भने तातो हावा चल्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आज तातो हावा चलेर तातो दिन हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको बताएको छ ।

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ ।