अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश


काठमाडौं-पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश आदेश बदर गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो।

यसअघि विशेष अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा मंगलबार सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

आदेश तयार भइनसकेकाले कति धरौटी भन्ने बुधबार मात्रै थाहा हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।

२०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि कारागार चलान भएका गुप्ता अब रिहा हुने भएका हुन्।

गुप्ता मन्त्री हुँदा लिच्चीबारीको जग्गाको कारोबार मिलाउन बिचौलियासँग कुराकानी गरेको अडिओ सार्वजनिक भएको थियो।