काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठकमा छलफलका लागि ११ वटा एजेन्डा पेस भएको छ। आज बसेको सचिवालय बैठकमा छलफलको लागि एजेन्डा पेस भएको उपमहासचिव लेखराज भट्टले बताए।
उनका अनुसार अर्को बैठक जेठ ८ गते अध्यक्ष ओली निवास गुण्डुमै बस्नेछ। आजको बैठकमा एकदम मैत्रीपूर्ण, सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए ।
भट्टका अनुसार बैठकमा पदाधिकारीहरूको वरीयताक्रम निर्धारणसम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारको काम–कारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, दलभित्रको कार्यविभाजन र पार्टीका तर्फबाट संविधान संशोधन सुझाव कार्यदल गठनसम्बन्धी विषय समेटिएका थिए ।
त्यस्तै निर्वाचन समीक्षा प्रतिवेदन तयारीका लागि कार्यदल गठन, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय व्यवस्थापन, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन, संगठन विभाग विस्तारलगायत विषयमा पनि छलफल भएको थियो ।
आजको बैठकमा मैत्रीपूर्ण, सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए। बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गरेको समेत बताए ।




प्रतिक्रिया