अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्कृष्ठ कार्यसम्पादन गर्ने क्षमताले नै कार्यस्थलमा हुने दुर्व्यवहार कम हुन्छ: मेयर ढकाल

उत्कृष्ठ कार्यसम्पादन गर्ने क्षमताले नै कार्यस्थलमा हुने दुर्व्यवहार कम हुन्छ: मेयर ढकाल


सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले कार्यस्थलमा उत्कृष्ठ कार्यसम्पादन गर्ने क्षमताले नै दुव्र्यवहार कम हुने बताउनुभएको छ।

सोमबार सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आयोजित कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले यस्तो बताउनु भएको हो।

पितृसत्तात्मक सोच भएका व्यक्तिहरु केही मात्रामा समाजमा भए पनि छोरा र छोरीको हैसियत बराबर देख्न चाहाने बुवाआमाहरु समेत हाम्रो समाजमा उत्तिकै मात्रामा रहेको उहाँले बताउनु भयो। ‘हामी अधिकार खोज्दै पद प्राप्ति गर्ने होइन उत्कृष्ठ कार्यसम्पादन गर्न सक्ने क्षमता विकास गरेर नेतृत्वमा पुग्न सक्नुपर्छ’ उहाँले भन्नुभयो, ‘मैले मेरो कार्यस्थलमा उत्कृष्ठ कार्यसम्पादन गर्न सकेँ भने विभेदको कुनै महसूस गर्नुपर्दैन। तर आज पनि महिलाहरुको क्षमता विकास गर्ने कुरामा भने बन्देज लगाउन खोज्नेहरुकै कारण विभेद र दुव्र्यवहार कायमै छ।’

कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारका विरुद्ध कार्यस्थलमा खटिनेहरुले नै विरोध गर्नुपर्ने उहाँले बताउनुभयो। सरकारले नीति निर्माण तथा कानून बनाउने कुरामा भूमिका खेल्नुपर्ने र आफूहरुले समेत यस्ता खालका हिंसा र दुव्र्यवहार विरुद्धका अभियानहरुमा सदैव साथ र सहयोग गर्ने गरेको मेयर ढकालको भनाई रहेको थियो ।

महिला सशक्तिकरणमा लगानी गर्दै हिंसा र दुव्र्यवहार न्युनिकरणमा विभिन्न सरोकारवाला निकायहरुले समेत ध्यान दिनुपर्ने ढकाल बताउनु भयो।