अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महामन्त्रीबाट हाेइन, मलाई ‘रवि लामिछानेको क्लब’बाट हटाइएको हो: मुकुल ढकाल

रास्वपा महामन्त्रीबाट हाेइन, मलाई ‘रवि लामिछानेको क्लब’बाट हटाइएको हो: मुकुल ढकाल


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वर्खास्तीमा परेका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने माथि विभिन्न किसिमका आरोप लगाउनुभएको छ।आज पत्रकार सम्मेलन गर्दै उहाँले लामिछानेमाथि विभिन्न आरोप लगाउनु भएको हो।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन। मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो।’

सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उहाँको आरोप छ। सभापतिमाथि नै प्रश्न उठेपछि आफू बाध्य भएर जनतामा गएको ढकालले बताउनुभयो । सहकारी प्रकरणमा रास्वपाले पनि छानविन गर्नुपर्ने उहाँले माग गर्नुभएको छ।

‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ। पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्‍यो।’

ढकालले रवि लामिछानेको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताउनुभयो।