अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक स्थगित प्रति चार दलको आपत्ति

राष्ट्रिय सभा बैठक स्थगित प्रति चार दलको आपत्ति



काठमाडौं-आजका लागि तोकिएको राष्ट्रिय सभाको बैठक अचानक स्थगित गरिएकोमा प्रमुख चार दलले आपत्ति जनाएका छन्।

राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरूको असहमतिको बाबजुद पनि अचानक राष्ट्रिय सभाको बैठक स्थगित भएको भन्दै उनीहरूले गम्भीर ध्यान आकर्षण भएको जनाएका छन्। नेकपा (एमाले)का प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टीका संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता शेखरकुमार सिंहले संयुक्त विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन्।

चार दलको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आषाढ २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल सम्बन्धी विधेयक २०८१ लाई पारित गर्नु पर्नेमा अर्थ मन्त्रीको गलत मनसायका कारण आज २७ गते तोकिएको राष्ट्रिय सभाको बैठकमा मा. अर्थ मन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने हामी तपसिलका दलहरूको असहमतिका बाबजुद पनि बैठक स्थगित गर्नु भएको छ।’

अर्थमन्त्री पुनले आयकर ऐन २०५८ को दफा ५७ को उपदफा १ मा प्रतिबन्धात्मक प्राबधान राखि आर्थिक विद्येयक २०८१ को दफा ३६ को उपदफा ६ मा मुलुकलाई गम्भिर असर पार्ने गरी अरबौंको राजश्व छली हुने प्रावधान राखेको र राष्ट्रिय सभाबाट उक्त प्रतिबन्धात्मक वाक्यांश हटाई पहिलेकै व्यवस्था कायम रहने गरि संशोधन सुझाव राखेकोमा मन्त्रीले नीतिगत भ्रष्टाचार गर्न लागेको पोल खुल्ने भएपछि मन्त्री बैठकमा नै नआउने र आर्थिक वर्ष २०८१ को बजेट सँग सम्बन्धित आश्रित विद्येयकहरु फेल गर्ने र नेपालको संविधानको धारा १११ र राष्ट्रिय सभा नियमावलीको व्यवस्था अनुसार राष्ट्रिय सभामा छलफल गर्न नदिने र १५ दिन पछि प्रतिनीधिसभा बाट स्वत पारित गराई आफ्नो अभिष्ट पुरा गर्ने उद्धेश्य रहेको उनीहरुले तर्क गरेका छन्।

यसबाट राष्ट्रिय सभाले विद्येयकहरुमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानूनी अधिकार समेत हनन् भएको चार दलको ठहर छ। यस प्रकारको क्रियाकलाप प्रति गम्भिर असहमति रहेको हुँदा यस्तो गैह्र जिम्मेवार र गैह्र राजनीतिक क्रियाकलापको घोर भत्र्सना गरिएको विज्ञप्तिमा उल्लेख छ।