अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीका सबै विभागका प्रमुखलाई सुझाव पेस गर्न अध्यक्ष ओलीकाे निर्देशन

पार्टीका सबै विभागका प्रमुखलाई सुझाव पेस गर्न अध्यक्ष ओलीकाे निर्देशन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै विभागका प्रमुखहरूलाई सुझाव पेस गर्न निर्देशन दिनुभएको छ। २०८१ असार २४ गते पार्टी कार्यालय च्यासलमा बसेको ३३ वटै विभागका प्रमुखहरूको बैठकमा अध्यक्ष ओलीले सबै विभागका प्रमुखहरूलाई सुझाव पेस गर्न निर्देशन दिनुभएको हो।

अध्यक्ष ओली प्रधानमन्त्री बन्नुअघि नै एमालेले त्यसको पूर्वतयारी गरेको हो। एमालेले शुक्रबारसम्म आ-आफ्नो विषयमा पार्टीलाई सुझाव दिने र त्यही आधारमा योजना बनाएर कार्यान्वयन गर्ने जनाएको छ। मन्त्रालयहरूको नीति र विधेयकहरूमा गर्नुपर्ने सुधार केही भने त्यसबारेमा विस्तृतमा लेखेर दिन एमालेले आफ्नो पार्टीका विभागीय प्रमुखहरूलाई भनेको छ। सुझावको आधारमा योजना बनाउने र नयाँ सरकार बन्नेबित्तिकै कार्यान्वयनको पहल गर्ने जनाएको छ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच असार १७ मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्दै हुनुहुन्छ।

एमालेमा अर्थ तथा योजना विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग, कृषि तथा पशुपंक्षी विकास विभाग, कानून विभाग, केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग छन्।

यस्तै खानेपानी तथा सरसफाइ विभाग, निर्वाचन विभाग, पर्यटन तथा नागरिक उड्डयन विभाग, परराष्ट्र मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग, पार्टी स्कुल विभाग, भूमि व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, युवा तथा खेलकुद विभाग, राष्ट्रिय हित र सुरक्षा विभाग एमालेमा छन्।

साथै वन तथा वातावरण विभाग, विज्ञान तथा प्रविधि विभाग, विपद व्यवस्थापन तथा स्वयम्सेवा विभाग, शिक्षा तथा मानव स्रोत विभाग, श्रम तथा रोजगार विभाग, संगठन विभाग,संसदीय विभाग, सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग, सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग, सामाजिक सेवा विभाग,सहकारी तथा गरिबी निवारण विभाग,सहरी विकास विभाग,संस्कृति विभाग,स्थानीय तह विभाग र स्वास्थ्य तथा जनसंख्या विभाग एमालेमा छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शुक्रबार विश्वास मत प्रस्ताव राख्ने र  त्यसको निर्क्यौलपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ। कांग्रेस र एमालेबीच पहिले दुई वर्ष ओली र पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति छ।