अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई काँग्रेस सहित बुहमत साँसदले समर्थन गर्दै आजै राष्ट्रपतिलाई हस्ताक्षर बुझाइने

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई काँग्रेस सहित बुहमत साँसदले समर्थन गर्दै आजै राष्ट्रपतिलाई हस्ताक्षर बुझाइने


काठमाडौं – करिब दुईतिहाइ साँसदको समर्थन पाएको नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनबाट आजै बहुमत साँसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए लगत्तै नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै काँग्रेस सहित साना दलहरुले आजै राष्ट्रपतिलाई हस्तक्षर बुझाउनेछन् ।
एमालेका एक पदाधिकारीका अनुसार राष्ट्रपतिलाई आजै प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्त गर्न माग गरिनेछ । प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत मात्र रहेको छ । विपक्षमा २०७ मत रहेको छ ।

अध्यक्ष ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।