अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौं: कानूनमन्त्री चौरसिया

संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौं: कानूनमन्त्री चौरसिया


काठमाडौं-नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताउनु भएको छ।

मंगलबार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएकोहो ।

मन्त्री चौरसियाले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताउनु भयो।

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने उहाँले बताउनु भयो।