काठमाडौँ-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ।
समितिले पूर्वमहालेखापरीक्षकतथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको हो।
सभापति सूर्य थापाले भन्नुभयो, ‘सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकटलगायत विभिन्न संरचनाहरूको स्थापना लगायत संरचनाहरूको कानूनी एवं व्यवहारिक अभ्यास र अनुभवको सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ।’




प्रतिक्रिया