काठमाडौँ-ओमान नजिकैको समुन्द्रमा एक तेल ट्याङ्कर जहाज पल्टिदा १६ सदस्यीय चालक दलका सदस्य बेपत्ता भएका छन्। जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ।
सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन्। जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका नागरिक रहेको बताइएको छ ।




प्रतिक्रिया