अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


काठमाडौँ-महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा १७५ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो।

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म बडाल महान्यायाधिवक्ता हुनु भएको थियो।

वरिष्ठ अधिवक्ता बडाल काठमाडौँ महानगरपालिका-७ चाबहिल निवासी हुनुहुन्छ।