अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ विज्ञापन बोर्डमा

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ विज्ञापन बोर्डमा


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विज्ञापन बोर्डमा पुग्नुभएको छ।

मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि विज्ञापन बोर्डमा पुग्नु भएको हो। मन्त्री गुरुङलाई विज्ञापन बोर्डले भव्य स्वागत गरेको छ।

सङ्घीयता कार्यान्वयनसँगै उहाँ २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव गुरुङ १७ वर्षपछि पुनः सङ्घीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ। उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०६४ चैत १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो। उहाँ विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङ प्रदेश (ख) बाट निर्वाचित हुनुभएको थियो। सो अघि विसंं २०७० को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित हुनुभएको थियो।