अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यानलाई एआईको विषयमा कार्यपत्र ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह

क्यानलाई एआईको विषयमा कार्यपत्र ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले क्यान महासङ्घलाई आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को विषयमा कार्यपत्रसहित आउन आग्रह गर्नुभएको छ।

आज मन्त्रालयमा क्यान महासङ्घका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री गुरुङले आवश्यक नीतिगत कुरा गर्न सरकार तयार भएको बताउनुभएको समेत जानकारी दिनुभयो। ‘आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा कार्यपत्र लिएर आउनोस्, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ”, मन्त्री गुरुङले भन्नुभयो। उहाँले छलफलका क्रममा सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने विषयमा जोड दिनुपर्ने बताउनुभएको छ। 

मन्त्री गुरुङका अनुसार यसका लागि सरकारले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ। क्यान महासङ्घका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो।

मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलिजेन्सको सुरुआतले निम्त्याउने चुनौतीको समेत दृष्टिगत गरी सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापनको काम अघि बढाउने जानकारी दिनुभएको हो।

छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल ‘फ्रेमवर्क’लाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनःसंरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गर्नुभयो।

यस्तै, उहाँले सरकार निजी क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको उल्लेन गर्नुभयो। सो अवसरमा  क्यान अध्यक्ष पोदार, महासचिव चिरञ्जीवी अधिकारीलगायतका पदाधिकारी हुनुहुन्थ्यो । सो अवसरमा क्यान महासङ्घका अध्यक्ष पोदारले सूचना प्रविधि क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभावकारिताको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो।