अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोली ३४ सदस्यीय, ५२ व्यवसायी पनि जाने

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोली ३४ सदस्यीय, ५२ व्यवसायी पनि जाने


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यही नोभेम्बर २२ देखि २३ (मंसिर ६ देखि ७ गते) सम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २२ (मंसिर ६ गते) नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनको औपचारिक भ्रमण टोलीमा ३४ जना रहनेछन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्। परराष्ट्र सचिव अमृत राईले पत्रकार सम्मेलनमा भ्रमण टोली ३४ सदस्यीय हुने जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यवसायी टोली पनि भारत जाने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार व्यवसायीहरूको टोली आफ्नै खर्चमा भारत भ्रमणमा जान लागेको हो। सरकारी भ्रमण टोली र व्यवसायी टोली छुट्टाछुट्टै रहनेछन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता गर्नेछन्। प्रधानमन्त्री मोदीले शाहको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ।

यसैगरी, भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।

दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नोभेम्बर २३ (मंसिर ७ गते) काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।