अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपरान्हपछि काठमाडौं उपत्यकामा वर्षा हुने

अपरान्हपछि काठमाडौं उपत्यकामा वर्षा हुने


काठमाडौं -आज काठमाडौं उपत्यकामा अपराह्नपछि वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा २ बजेपछि हल्का वर्षा हुनेछ । करिब दुईतीन घण्टा वर्षा हुनेछ ।

काठमाडौंमा राति पनि वर्षा हुने विभागले जनाएको छ । शनिबार र आइतबारको तुलनामा सोमबार काठमाडौं उपत्यकामा कम वर्षा हुनेछ ।

विभागका अनुसार आज बिहान वाग्मतीसँगै कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । उनका अनुसार दिउँसोभन्दा राति धेरै वर्षा हुनेछ ।