अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ: सञ्चारमन्त्री गुरुङ

प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ: सञ्चारमन्त्री गुरुङ


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताउनुभएको छ।

मङ्गलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सीमाभित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। उहाँले सीमाभन्दा बाहिर केही नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताउनुभयो। 

उहाँले आवश्यकभन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने बताउनुभयो। प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने उहाँले बताउनुभयो। मन्त्री गुरुङले प्रेस स्वतन्त्रतासँगै मर्यादित पनि हुनुपर्ने बताउनुभयो।