काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ। दुर्घटनाका कारण विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।
जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो। जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ। यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ।
जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए।




प्रतिक्रिया