अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन


काठमाडौँ-उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिनुभएको छ।

आज उहाँले गुह्येश्वरीस्थित अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर कामकारबाहीबारे जानकारी लिएपछि निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिनुभयो। ‘ढल निकासका लागि संरचना त बन्छन् तर प्रयोगमा किन आइरहेका छैनन् रु यसलाई सच्याउनुपर्‍यो। तत्काल गर्न सकिने काम अहिले गरौँ। संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्यो’, उपप्रधानमन्त्री सिंहले भन्नुभयो।

गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेकाले तिनको  संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिनुहुँदै उहाँले बागमतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिनुभयो। ‘बागमतीमा बाह्र महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ। सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔँ। बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ’, उपप्रधानमन्त्री सिंहको भनाइ थियो।   

बागमतीभन्दा कुरुप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिनुहुँदै उहाँले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउनेसमेत धारणा राख्नुभयो।