काठमाडौं-हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही पक्राउ परेका छन्।
अध्यक्ष शाहीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंह अनुसार अध्यक्ष शाही आफ्नै गाउँपालिकामा कार्यरत एक चालकसँग सम्बन्धित विवादमा मुछिएका थिए। चालकसँग पारिश्रमिक माग्ने विषयलाई लिएर विवाद उत्पन्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।
उक्त विवादले उग्र रूप लिएपछि दुई पक्षबीच भनाभन तथा तनावको अवस्था सिर्जना भएको बताइएको छ। सोही घटनापछि अध्यक्ष शाहीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।



प्रतिक्रिया