अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्राडा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गर्नुभएको हो। उक्त विषयलाई प्रधानमन्त्री ओलीले छलफलपछि सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो। उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ। उक्त कामका लागि तीन सय दिनको समय सीमा निर्धारण गरिएको छ।

कुलपति एवं प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका पदाधिकारीले त्रिविसभाको आगामी बैठक र ग्रेसलिष्टबारे पनि छलफल गर्नुभएको थियो।