काठमाडौं-नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो।
शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति केन्द्रीय बैंकको नवनिर्मित भवनबाट सार्वजनिक भएको छ। यसअघि मौद्रिक नीति बैंक परिसर भन्दा बाहिरबाट सार्वजनिक गरिदै आइएको थियो। गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको कार्यक्रम आज सार्वजनिक हुने भएको हो।
यस पटकको मौद्रिक नीतिलाई निजी क्षेत्रसहित अधिकांशले चासोका साथ पर्खिएका छन् । सरकारले पनि आर्थिक संकटलाई समाधान गर्ने गरिको नीति ल्याउने बताउदै आएको छ।
प्रतिक्रिया