अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि हो: प्रधानमन्त्री ओली

कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि हो: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ।

शनिबार नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले वनजंगल, घाँस पात, पानी पँधेरा, रोदीहरू नेपालका महत्त्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। 

उहाँले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताउनुभयो। युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘हाम्रो भूमिमा मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वन जङ्गल, घाँस पात, पानी पँधेरा, रोदीहरू यी साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ। यस धर्तीमा मात्रै छ। यस ठाउँमा मात्रै छ। त्यो प्रतिभा हो। यसरी साहित्यको विकास हुँदै आयो।’ 

प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजे पनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताउनुभयो। 

उहाँले थप भन्नुभयो, ‘आज नेपाली साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ।’