अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

श्रम मन्त्रालयको सचिवमा निरौला

श्रम मन्त्रालयको सचिवमा निरौला


काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा मुकुन्द निरौला आउनु भएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रम सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव निरौललाई श्रम पठाएको हो। 

सङ्घीय मन्त्रालयको जिम्मेवारीमा आउनु अघि उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा थिए।निजामती प्रशासन क्षेत्रमा निरौला काबिल प्रशासकको रूपमा चिनिन्छ।

निरौला २०७८ फागुन ५ गते सचिवमा बढुवा हुनुभएको हो।