अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

१८ देशका लागि प्रस्तावित राजदूतको नाम सार्वजनिक कुन देशमा को ? (सूचीसहित)

१८ देशका लागि प्रस्तावित राजदूतको नाम सार्वजनिक कुन देशमा को ? (सूचीसहित)


काठमाडौं-सरकारले १८ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतको सूची सार्वजनिक गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सरकारले चीन, अस्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने निर्णय पनि गरिसकेको छ।

हेर्नुहोस् कुन देशको राजदूतमा को सिफारिस ?

१‍. डा. शंकरप्रसाद शर्मा – भारत

२. कान्ता रिजाल – अस्ट्रेलिया
३. नरेशविक्रम ढकाल – साउदी अरेबिया
४. प्राडा कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य (बेलायत)
११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिम्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान