अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका नेताहरुलाई आफ्नै भूगोलमा फर्काइने,केन्द्रीय सदस्यहरुलाई निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी दिने तयारी

एमालेका नेताहरुलाई आफ्नै भूगोलमा फर्काइने,केन्द्रीय सदस्यहरुलाई निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी दिने तयारी


काठमाडौं- नेकपा एमालेका नेताहरुको जिम्मेवारीको व्यापक हेराफेरी गर्न सचिवालयको बैठक आज ११ बजे बस्ने भएको छ ।
पार्टीले गतवर्ष असारमा नेताहरुलाई एकै पटक साविक भूगोल र विभागमा भन्दा फरक भूगोल र विभागमा जिम्मेवारी दिएर पठाएको थियो । जेठ महिनासम्ममा जिल्ला वा सो भन्दा मुनीका सबै कमिटीहरुको अधिवेशन गरिसक्नु पर्ने कार्यादेश सहित फरक भूगोलमा खटाइएका नेताहरुलाई आज पुरानै भूगोलमा फर्काउने तयारी छ । सचिवालयका एक नेताका अनुसार सचिवालयको अघिल्लो बैठकले नै नेताहरुको जिम्मेवारी हेराफेरीको सुची बनाइसकेको छ । तर यसैबीचमा पार्टी सरकारमा गएको र मन्त्री भएका नेताहरुलाई भूगोल र विभागको जिम्मेवारीबाट अलग गर्ने नीति लिइएकोले उक्त विषयमा निर्णय गर्न केही ढिलाइ भएको थियो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहानै सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै जनताको रायसुझाव अनुसार पार्टीका बैठक बालुवाटारमा नराख्ने घोषणा गर्नुभएको छ । यता मनोहरा खोलामा आएको बाढीले पार्टी कार्यालय च्यासल पनि डुबानमा परेकोले बैठक अन्यत्रै राखिएको उहाँले जानकारी दिनुभएको छ । उहाँको स्टाटसमा बैठक कहाँ राखिएको छ भन्ने उल्लेख नभए पनि सचिवालयका नेताहरुलाई होटल बसेरामा आउन खबर गरिएको छ ।
आजको बैठकले केही केन्द्रीय विभागका नेताहरुलाई यथावत जिम्मेवारीमा राख्ने,मुख्यमन्त्री,मन्त्री भएका नेताहरुलाई भूगोलको जिम्मेवारीबाट अलग गर्ने,प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्जहरु तोक्नेछ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार बैठक विहान ११ बजे होटल बसेरामा बस्नेछ ।