अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत


काठमाडौं-नेकपा एमालेले रिक्त रहेको पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। 

महासचिव पोखरेलले भन्नभयो, ‘उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेका छौं।’

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली पदमा बराललाई मनोनीत गरिएको हो। बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेको थियो ।

साथै, स्थायी कमिटीमा पनि दुई जना सदस्य थपिएका छन्। मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको पोखरेलले बताउनु भयो। त्यस्तै, केन्द्रीय कमिटीमा १७ जना मनोनीत भएका छन्।