अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको पदाधिकारीमा रहेका नेतालाई के जिम्मेवारी दियो ?

एमालेको पदाधिकारीमा रहेका नेतालाई के जिम्मेवारी दियो ?


काठमाडौँ-नेकपा एमालेले पार्टीका पदाधिकारीको जिम्मेवारी तोकेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो।

जसअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्नुहुनेछ। यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान संयोजन, नीति तथा योजना सम्बद्ध विभागहरूको प्रमुखको जिम्मेवारी पाउनुभएकोछ। यसैगरी उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश तथा स्थानीय तह समन्वय संयोजन, मानवश्रोत सम्बद्ध विभागहरूको जिम्मेवारी पाउनुभएको भने अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, सामाजिक विकास सम्बद्ध विभागहरूको जिम्मेवारी पाउनु भएको छ।

यस्तै रामबहादुर थापाले कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा संयोजन, कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको जिम्मेवारी पाउनु भएको छ भने विष्णुप्रसाद पौडेलले पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टी सम्बद्ध विभागहरूको जिम्मेवारी पाउनु भएको छ। यस्तै सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामला संयोजन, पूर्वाधार तथा विकास सम्बद्ध विभागहरूको जिम्मेवारी पाउँदा गुरुप्रसाद बरालले संसदीय मामला, संयोजन, सुशासन र सेवाप्रवाह सम्बद्ध विभागहरूको जिम्मेवारी पाउनु भएको छ।

महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक कामको संयोजनको जिम्मेवारी पाएका छन् । 

यस्तै उपमहासचिवहरूमा  प्रदीप ज्ञवालीले पार्टी स्कुल विभागको जिम्मेवारी पाएका छन् भने विष्णु रिमालले निर्वाचन विभाग प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । पृथ्वीसुब्बा गुरुङ मन्त्री भएकाले कुनै जिम्मेवारी पाएका छैनन् । 

यस्तै सचिवहरूमा लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाउनुभएको छ भने गोकर्णराज विष्टले भौतिक पूर्वाधार तथा यातायात विभागको जिम्मेवारी पाउनु भएको छ। यस्तै योगेश भट्टराईले संसदीय विभागको जिम्मेवारी पाउँदा रघुवीर महासेठले परराष्ट्र मामिला विभागको जिम्मेवारी पाउनु भएको छ।

छविलाल विश्वकर्माले स्थानीय विकास विभागको जिम्मेवारी पाउनु भएको छ भने पद्माकुमारी अर्यालले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी पाउनु भएको छ । एमाले सचिव टोपबहादुर रायमाझी निलम्बनमा पर्नुभएको छ।

यस्तो छ कार्यविभाजन

  • केपी शर्मा ओली, अध्यक्ष : पार्टीको समग्र नेतृत्व
  • ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष : प्रमुख, नीति अनुसन्धान प्रतिष्ठान संयोजन, नीति तथा योजना सम्वद्ध विभागहरु
  • युवराज ज्ञवाली उपाध्यक्ष   प्रदेश तथा स्थानीय तह समन्वय संयोजन, मानवश्रोत सम्वद्ध विभागहरु
  • अष्टलक्ष्मी शाक्य उपाध्यक्ष : राजनीतिक समन्वय संयोजन, सामाजिक विकास सम्वद्ध विभागहरु
  • रामबहादुर थापा  उपाध्यक्ष कुटनीतिक सम्वन्ध तथा राष्ट्रिय सुरक्षा संयोजन, कृषि तथा उद्यमशिलता सम्वद्ध विभागहरु
  • विष्णुप्रसाद पौडेल उपाध्यक्ष पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टी सम्वद्ध विभागहरु
  • सुरेन्द्रप्रसाद पाण्डे उपाध्यक्ष राजकीय मामला संयोजन, पूर्वाधार तथा विकास सम्वद्ध विभागहरु
  • गुरुप्रसाद बराल  उपाध्यक्ष संसदीय मामला, संयोजन, सुशासन र सेवाप्रवाह सम्वद्ध विभागहरु
  • शंकर पोखरेल    महासचिव      पार्टीको संगठनात्मक कामको संयोजन
  • प्रदीप ज्ञवाली    उपमहासचिव    प्रमुख, पार्टी स्कुल विभाग
  • पृथ्वीसुब्बा गुरुङ  उपमहासचिव    मन्त्री
  • विष्णु रिमाल    उपमहासचिव    प्रमुख, निर्वाचन विभाग प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभाग
  • गोकर्णराज विष्ट  सचिव  प्रमुख, भौतिक पूर्वाधार तथा यातायात विभाग
  • योगेश भट्टराई  सचिव  प्रमुख, संसदीय विभाग
  • रघुवीर महासेठ   सचिव  प्रमुख, परराष्ट्र मामिला विभाग
  • छविलाल विश्वकर्मा      सचिव  प्रमुख, स्थानिय विकास विभाग
  • पद्माकुमारी अर्याल      सचिव  इञ्चार्ज, लुम्विनी प्रदेश

Skip This