अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी

प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ। एमालेको २०८१ साउन १७ गते बिहीबार बसेको सचिवालय बैठकले सबै नेताहरुको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो।

बैठकमा अध्यक्ष ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो। उहाँले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षा अनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिका विषयमा प्रकाश पारेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानीय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी तोकिएको छ।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सङ्गठनात्मक कामको अनुगमनको र पार्टी सम्वद्ध विभागहरुको संयोजन, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला तथा पूर्वाधार तथा विकास सम्वद्ध विभागहरुको संयोजन र उपाध्यक्ष गुरु बराललाई संसदीय मामलाको संयोजन, सुशासन र सेवाप्रवाह सम्वद्ध विभागहरुको जिम्मेवारी तोकिएको छ।

पार्टी महासचिव शङ्कर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको प्रमुख, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ।

यस्तो छ कार्यविभाजन

  • केपी शर्मा ओली, अध्यक्ष : पार्टीको समग्र नेतृत्व
  • ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष : प्रमुख, नीति अनुसन्धान प्रतिष्ठान संयोजन, नीति तथा योजना सम्वद्ध विभागहरु
  • युवराज ज्ञवाली, उपाध्यक्ष : प्रदेश तथा स्थानीय तह समन्वय संयोजन, मानवश्रोत सम्वद्ध विभागहरु
  • अष्टलक्ष्मी शाक्य उपाध्यक्ष : राजनीतिक समन्वय संयोजन, सामाजिक विकास सम्वद्ध विभागहरु
  • रामबहादुर थापा, उपाध्यक्ष : कुटनीतिक सम्वन्ध तथा राष्ट्रिय सुरक्षा संयोजन, कृषि तथा उद्यमशिलता सम्वद्ध विभागहरु
  • विष्णुप्रसाद पौडेल, उपाध्यक्ष : पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टी सम्वद्ध विभागहरु
  • सुरेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष : राजकीय मामला संयोजन, पूर्वाधार तथा विकास सम्वद्ध विभागहरु
  • गुरुप्रसाद बराल, उपाध्यक्ष : संसदीय मामला, संयोजन, सुशासन र सेवाप्रवाह सम्वद्ध विभागहरु
  • शंकर पोखरेल, महासचिव : पार्टीको संगठनात्मक कामको संयोजन
  • प्रदीप ज्ञवाली, उपमहासचिव : प्रमुख, पार्टी स्कुल विभाग
  • पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव : मन्त्री
  • विष्णु रिमाल, उपमहासचिव : प्रमुख, निर्वाचन विभाग प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभाग
  • गोकर्णराज विष्ट, सचिव : प्रमुख, भौतिक पूर्वाधार तथा यातायात विभाग
  • योगेश भट्टराई, सचिव : प्रमुख, संसदीय विभाग
  • रघुवीर महासेठ, सचिव : प्रमुख, परराष्ट्र मामिला विभाग
  • छविलाल विश्वकर्मा, सचिव : प्रमुख, स्थानिय विकास विभाग
  • पद्माकुमारी अर्याल, सचिव : इञ्चार्ज, लुम्विनी प्रदेश

Skip This