काठमाडौं-केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
थपिएका तीन राज्य मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एकजना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन्।
नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्नुभएको छ। यसैगरी नेपाली कांग्रेसका रुपा विक वन तथा वातावरण राज्यमन्त्री बन्नु भएको छ भने पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री बन्नुभएको छ। उहाँहरूलाई प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया