अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस


काठमाडौं-नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ।

शाहले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नु भएको हो। आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो।

शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेश गर्नुभएको हो। ५२ सदस्यीय सुदूरपश्चिममा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन्।