अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता-कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशनः निष्ठापूर्वक काम गर्नू, गुटको पक्षमा नलाग्नू

एमाले नेता-कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशनः निष्ठापूर्वक काम गर्नू, गुटको पक्षमा नलाग्नू


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम र्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभएको हो। गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका नेता, कार्यकर्ताले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो। 

अध्यक्ष ओलीले एक एक जालले समुन्द्र समेट्न नसक्ने उल्लेख गर्दै समुन्द्ररुपी एमालेमा पनि गुटबन्दी  र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने बताउनुभयो। उहाँले एमालेले देश र जनताको पक्षमा ठूल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोही अनुसारको कामलाई बढावा दिनुपर्ने बताउनुभयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘इमानदारीका साथ अनुशासित ढङ्गले नेकपा एमालेको हिसाबले तपाईंहरुले काम गर्नुहुनेछ। नेकपा (एमाले) भित्र पनि कतिपय गलत प्रवृत्ति, बेठिक प्रवृत्तिहरु, विसङ्गति, त्यस्ता कुरा देखिएका छन्। ती कुराहरुबाट सिक्ने होइन। गटबन्दीबाट सिक्ने होइन। गुटका पछाडि लाग्ने होइन। कसैले यो पक्ष र त्यो पक्ष भनेर त्यस्तो गर्ने होइन। पार्टीको पक्षमा दृढताका साथ उभिने। पार्टीका नीति सही छन्, विचार सही छन्। पार्टीले लिएका कार्यक्रम सही छन्। पार्टीले गरिरहेका काम सही छन्। पार्टीले ठिक व्यवहार गरेको छ, ठिक आचरण प्रस्तुत गरिरहेको छ।’

उहाँले जालझेलमा एकछिन सफलता मिलेजस्तो भए पनि त्यो दीर्घकालीन नहुने बताउनुभयो। ‘गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल हुँदैन। जालझेलको दायरा सानो हुन्छ। सफलताको दायरा फराकिलो हुन्छ। जालझेलबाट एक छिन सफलता मिलेजस्तो भए पनि सफलता मिल्दैन। त्यो सानो दायरामा झन् खुम्चिन्छ। जालले समुद्र समेट्दैन। जालले सिङ्गै तलाउ समेट्दैन। त्यो त एक छेउमा हान्ने हो। यो जाल भनेको पनि एउछेउमा हान्ने चिज हो। तसर्थ हामीले बृहत्तर अभ्यास गर्नुपर्दछ। सानोतिनो कुरामा अल्झिने होइन, सानोतिनोमा अल्झिएको अभ्यास होइन। म साथीलाई यही आग्रह गर्न चाहन्छु।’

Skip This