अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान


काठमाडौं-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उहाँ चार दिने भ्रमणका लागि भारत जानु भएको हो।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने बताइएको छ।

भारतको औपचारिक भ्रमणमा उनले त्यहाँका प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गर्ने तयारी छ। 

मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने तालिका रहेको छ।