काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले वर्तमान पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने पार्टीको सर्वोच्च नेता बनाउन प्रस्ताव गरेका छन्। लिङ्देनले पुनः अध्यक्षमा दोहोरिने तयारी गरिरहेका बेला शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
राप्रपाको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशन नजिकिएसँगै पार्टीभित्र नेतृत्व चयनको सरगर्मी बढेको छ।



प्रतिक्रिया