अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनको भ्रमणमा यी ५२ उद्योगी व्यवसायी जाँदैछन् भारत (सूची)

प्रधानमन्त्री बालेनको भ्रमणमा यी ५२ उद्योगी व्यवसायी जाँदैछन् भारत (सूची)


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि हुने भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायी सहभागी हुने भएका छन्। प्रधानमन्त्री शाहसँगै उद्योग वाणिज्य, ऊर्जा, पर्यटन, निर्माण, प्रविधि तथा विभिन्न औद्योगिक क्षेत्रका प्रतिनिधि सम्मिलित व्यावसायिक टोली नयाँ दिल्ली जान लागेको हो।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ५२ जना उद्योगी व्यवसायीको बिजनेस डेलिगेसन दिल्ली जाने जानकारी दिएका हुन्।

भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी तथा कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, नीरज काफ्ले र शिवकुमार अग्रवाल सहभागी हुनेछन्।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह पनि टोलीमा छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि दिल्ली जाने सूचीमा छन्।

नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमनारायण पराजुली तथा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की) का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

ऊर्जा तथा निर्माण क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल तथा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे सहभागी हुँदैछन्।

त्यसैगरी, निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य र नेपाल कफी व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज श्रेष्ठ पनि टोलीमा छन्।

पर्यटन क्षेत्रबाट होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे सहभागी हुनेछन्। त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती पनि टोलीमा छन्।

प्रविधि तथा अन्य औद्योगिक क्षेत्रबाट नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) का उपाध्यक्ष विभूषण विष्ट, नेपाल औषधि उत्पादक सङ्घका अर्जुनकुमार श्रेष्ठ, गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासङ्घकी अध्यक्ष शोभा गुरुङ तथा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ र सचिव दिकिला शेर्पा लामा सहभागी हुनेछन्।

टोलीमा विभिन्न व्यावसायिक घराना तथा उद्योगी व्यवसायीको पनि प्रतिनिधित्व रहनेछ। बीवाईडी गाडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंककी यमुना श्रेष्ठ, आईएमई ग्रुपका सचिन ढकाल, भाटभटेनी ग्रुपका कल्याण गुरुङ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, जीवानाथ लामिछाने, सञ्जय शाक्य, दीपक थापा, नितेश मालपानी, टुकप्रसाद पौडेल, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास र राजनकुमार बन पनि दिल्ली जाने सूचीमा छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा सहभागी हुने उद्योगी व्यवसायीले आफ्नो भ्रमण खर्च आफैँ व्यहोर्नुपर्नेछ। मन्त्रालयले मङ्सिर ६ गते आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई लक्षित गर्दै दिल्ली जाने हवाई टिकट तथा होटलको व्यवस्था पनि आफैँ गर्न व्यवसायीलाई आग्रह गरेको छ।