अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंकद्वारा क्रेडिट कार्ड कर्जा नतिर्नेकाे नाम सार्वजनिक

नबिल बैंकद्वारा क्रेडिट कार्ड कर्जा नतिर्नेकाे नाम सार्वजनिक


काठमाडौं-नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्नेकाे नाम सार्वजनिक गरेको छ। बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ६६ जना ऋणीको नाम सार्वजनिक गरेको हो। 

बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ। बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दा पनि नटेरेपछि सूचना निकालेकाे हाे।

क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीन पुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंककाे भनाइ छ। सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम थप प्रक्रिया अगाडि बढाइने बैंकले जानकारी दिएकाे छ।