भरतपुर-पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान डायनामिक दस्ताबेज भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ।
राजनीतिक रूपमा संविधान संशोधनको बहस भइरहेका बेला नेपालको संविधान २०७२ लाई प्रमाणीकरण गर्नुभएका तत्कालीन राष्ट्रपति डा. यादवले संविधान संशोधनका सम्बन्धमा जनताले ‘वाचडग’ को भूमिका भने निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो।
चितवनको भरतपुरमा आइतबार पूर्व राजनीतिक सहकर्मीसँगको भेटघाटमा पूर्व राष्ट्रपति डा. यादवले भन्नुभयो, ‘संविधान डायनामिक दस्ताबेज हो, यो संशोधन भइरहन्छ। यति हो संशोधन कस्तो भइरहेको छ भनेर जनताले वाचडगका रूपमा हेर्नुपर्छ।’
संविधान सभाले तयार पारेको नेपालको संविधान २०७२ लाई तत्कालीन राष्ट्रपति यादवले २०७२ असोज ३ गते प्रमाणीकरण गर्नुभएको हो। उहाँले अहिलेको संविधान लोकतान्त्रिक भएको धारणा पनि राख्नुभयो।
२०१७ सालदेखि राजनीतिमा होमिएका आफ्ना पुराना मित्रसँग खुल्दै पूर्व राष्ट्रपति यादवले नेपालको राष्ट्रियता पनि बलियो भएको दाबी गर्नुभयो ।




प्रतिक्रिया